कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाई

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेस,वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाई गरेको छ ।केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाई गरेको पार्टीका उपसभापति धनराज गुरुङ्ले जानकारी दिए

उनले भने- गएको ११ र १२ गते अविरल बर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एक दमै धेरै फोहेर भएको थियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य कल्यान गुरुङको संयोजकत्वमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग छ । त्यसकै समन्वयमा सफा गरिरहेका छौं ।’यसै सिलसिलामा विभागले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर परिसर,पार्टी कार्यालय वरपरको परिसर,बागमति किनाराको पनि सरसफाई गरेको छ ।