तिनाउ गाउँपालिका हरियाली गाउँमा स्थानीयलाई शुुलभ ऋण प्रदान

१८ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
14 Shares


बुटवल पुष १८/ सबलंपोस्ट ।

तिनाउ गाउँपालिका वार्ड नं.२ पाल्पा स्थित हरियाली गाउँमा गाउँपलिका घुुम्ती कोष परिचालन तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत स्थानीयलाई शुुलभ ऋण प्रदान गरिएको छ । गाउँमा व्यवसाय गरी प्रेरित गर्ने उद्देश्यले प्रदान गर्ने सो ऋण मंगलबार एक समारोहको आयोजना गरी हस्तान्तरण गरिएको छ । वार्ड सदस्य दल बहादुर सारुको अध्यक्षता र वार्ड अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २१ जनालाई रु तीन लाख प्रदान गरिएको तिनाउँ गाउँपालिकाकी परिचालक कमला बि.सी.ले जानकारी दिइन् ।

एक वर्ष समयावधी रहेको कोषको रकम बाख्रापालन,कुखुरापालन,भैंसीपालन,बुुंगुरपालन लगाएतका उद्देश्यले स्थानीयको मागलाई मध्यननजर गर्दै यस पटक सो गाउँका लागि तीन लाख लगानी छुुट्टाइएको वार्ड नं.२ का अध्यक्ष राजेश श्रेष्ठले बताए । उनले भने‘ यो गाउँ वार्ड नं.२ कै पछाडी परेको गाउँ हुनाले यहाँका बासिन्दाले केही गरौं भन्दा लगानीका लागि समस्या पर्दछ । त्यसैले सरल र शुुपथ दरमा सानो व्यवसाय वा पशुपालनबाट केही आम्दानी गर्न सफल होउन् भन्ने उद्देश्यले ऋण प्रदान गरेका छौं ।’

समारोहमा ऋण माग गर्ने २१ जना सबैले न्यूनतम् रु.५ हजारदेखि अधिकतम २८ हजारसम्म प्राप्त गरेको कोषकी म्यानेजर माया थापाले जानकारी गराइन् । तिनाउ गाउँपालिकाले करिब ८१ लाख घुुम्ती लगानी कोषलाई छुुट्टाएको र सो रकम यस वर्ष वार्ड नं.१ र २ मा लगानी गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।,कार्यक्रममा सञ्चारकर्मी एन.बी.कंडेल, राजारानी सामुदायिक वनका सचिव विनोद जि.सी., सामुदायिक वन समन्वय समितिका सदस्य खगेन्द्र के.सी लगाएतले बोल्दै प्राप्त रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्न सुुझाव दिएका थिए । कार्यक्रम हरियाली टोल विकास संस्थाका अध्यक्ष छबिलाल के.सी.को सञ्चालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया