रतन टाटाको ८६ वर्षको उमेरमा निधन

प्रकाशित मिति:

रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।रतन टाटा भारतका सबैभन्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारी नेताहरू मध्ये एक थिए । भारतीय सर्वाधिक सम्मानित रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको टाटा समूहले जनाएको छ। बिबिसीका अनुसार टाटा समूह भारतको सबैभन्दा ठूलो प्रतिष्ठान कम्पनिहो, जसको वार्षिक राजस्व १०० बिलियन डलर भन्दा बढी छ।

टाटाको मृत्युको घोषणा गर्दै टाटाका छोरा वर्तमान अध्यक्षले “वास्तवमै असामान्य नेता” को संज्ञा दिएका छन् । नटराजन चन्द्रशेखरनले भने स् “सम्पूर्ण टाटा परिवारको तर्फबाट, म उहाँका प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।सन् २०१२ मा उनि टाटा समूहको अध्यक्षको रूपमा सेवानिवृत्त भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई “दूरदर्शी व्यापारी नेता, दयालु आत्मा र असाधारण मानव” भनेर प्रशंसा गरेका छन्।सामाजिक संजाल एक्समा श्रद्धांजलि अर्पण गर्दै मोदीले टाटासँग “अनगिन्ती अन्तरक्रियाहरू” गरेको संस्मरण गरे । उनको मृत्युले “अत्यन्तै दुखित” भएको बताए।टाटाको जन्म सन् १९३७ मा परम्परागत पारसी परिवारमा भएको थियो। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयमा वास्तुकला र संरचनात्मक इन्जिनियरिङ अभियन्त्रणाको अध्ययन गरेका थिए। १९६२ मा उनी टाटा उद्योग समूहको प्रवर्द्धक कम्पनीको सहायकको रूपमा काम गरेका थिए । उनले जमशेदपुरको कारखानामा छ महिनाको प्रशिक्षण बिताए र उनले त्यहाँबाट टाटा आइरन एण्ड स्टिल कम्पनी अहिले टाटा स्टील, टाटा कन्सल्टेन्सी सर्भिसेज टिसिएस  र राष्ट्रिय रेडियो र बिधुतिय नेल्कोमा काम गरेका थिए ।