जेसीजका राष्ट्रिय पदाधिकारीहरुको क्षेत्र विभाजन, को कुन क्षेत्रमा ? पुरा विवरण हेर्नुहोस्

प्रकाशित मिति:

पुष १८ बाहुनडाँगी । नेपाल जेसीज वर्ष २०१९ का पदाधिकारीहरुको एस आइन क्षेत्र विभाजन गरिएको छ । सोमवार जेसीज सचिवालयमा पदहस्तान्तरणपछि वर्ष २०१९ का राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष र राष्ट्रिय उपाध्यक्षको एस आइन क्षेत्रको जिम्मेवारी बाँडफाँड गर्नु भएको थियो । १ सय ४६ वटा शाखाका लागि ४ वटा क्षेत्र रहेको नेपाल जेसीजमा राष्ट्रिय पदाधिकारीहरुलाई आ आफ्नो क्षेत्रको जिम्मेवारी प्रदान गरिन्छ । जसमा एउटा क्षेत्रमा एक कार्यकारीणी उपाध्यक्ष र ३ उपाध्यक्ष रहनेछन् । नेपाल जेसीजको सचिवालयले दिइएको जानकारी अनुसार क्षेत्र ‘क’ मा एसआइन इभिपि सिनेटर रबिन पोखरेल, भिपिहरुमा सिनेटर इनु थापा, सुमनकृष्ण श्रेष्ठ र लालमणी भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ । क्षेत्र ‘ख’ मा इसआइन इभिपिमा रमेशचन्द्र भुषाल, भिपिहरुमा सिनेटर कमल भण्डारी, गोकुल सापकोटा र कृष्णप्रसाद अर्यालले जिम्मेवारी पाएका छन् । क्षेत्र ‘ग’ मा एसआइन इभिपि अमिश ढकाल, एसआइन भिपिमा हरि शर्मा, भोजराज चापागाई र मोहनलाल डाँगीले जिम्मेवारी पाएका छन् । यसैगरी क्षेत्र ‘घ’ मा एसआइन इभिपिको रुपमा श्याम सुन्दर पौडेल (मिलन) लाई जिम्मेवारी प्रदान गरिएको छ । एसआइन भिपिमा अर्जुन अधिकारी, सिनेटर रुकमणी सिग्देल र दिनेश बोहोरले जिम्मेवारी पाएका छन् ।
आजबाट वर्ष २०१९ सुरु भएसँगै नेपाल जेसीजको नयाँ कार्यसमितिको काम गर्ने दिनगन्ति सुरु भएको छ । एक साता अघि जनकपुरमा निर्वाचित भएको यो टिमले पाएको एसआइन क्षेत्रहरु मध्ये कसले कुन शाखा प्राप्त गरे त तलको तालिकामा हेर्नुहोस् । पुरा विवरण