बडादशैं जस्तो वैज्ञानिक पर्व विश्वमा अन्त कहिँ छैनः ज्यो गुरू

प्रकाशित मिति:

बडादशैं, दिपावली, छठपर्व एवं नेपालसंवत्को नयाँ वर्ष ११४५ शुभउपलक्ष्यमा ज्योतिषी दीपक सुवेदीले एक विशेष शुभकामना विज्ञप्ति जारी गर्नुभएको छ । ज्यो. सुवेदीले दशैं विश्वकै साझा महापर्व भएको र यो कुरालार्इ सबैले मनन् गर्न तथा यसमा देखिएका विकृतिलार्इ हटाएर यसको सदुपयोग गर्नुपर्ने हाम्रो कर्तव्य रहेको बताउनु भएको छ ।शुभकामना विज्ञप्तिमा ‘विश्वमै महत्त्वपूर्ण सांस्कृतिक सामाजिक भूमिका खेलेको, विश्वव्यापि रूपमा नै यसप्रतिको आकर्षण बढ्दोक्रममा रहेको, विश्वका विभिन्न मुलुकका नागरिकहरूले पनि दशैंलाई अप्नाउन थालेको र दशैंजस्तो महिमा बोकेको चाडपर्व विश्वमा अन्यत्र कही पनि अर्को नभएको’ उल्लेख छ । जसले सांस्कृतिक रूपमा नेपालीहरूको शिर उठाएको छ । यो धेरै कोणबाट वैज्ञानिक, समय सान्दर्भिक एवं पराविद्या तथा अध्यात्म र दैविक उर्जा प्राप्तिको साधनाजस्ता धेरै महत्त्वसँग जोडिएको महापर्व हो । यस प्रकारको महिमालार्इ हामी सबैले मनन् गरी विकृतिलार्इ हटाउँदै यसको सदुपयोगको पक्षमा अग्रसर हुनु हाम्रो कर्तव्य पनि हो । विज्ञप्तिमा ज्यो. सुवेदीले भन्नुभएको छ ।

शुभकामना विज्ञप्तिमा सबै नेपालीको जीवनमा सदाचार, सद्बुद्धि, सन्मार्ग अवलम्बन, दया–करुणा आदि मानवीयता र आध्यात्मिक आत्मोन्नतिले प्रधानता पाओस् । स्वास्थ्यमा आरोग्यता, कर्म एवं व्यवहारमा कुशलता, चरित्रमा नैतिकताको विकास होस् । यश–ऐश्वर्य, ज्ञान, श्री र कृतिको वृद्धि होस् । माँ भगवतीको आर्शिवाद परिरहोस् भन्दै देश विदेशमा रहनु भएका समस्त नेपाली आमाबुबा दिदीबहिनी एवं दाजुभाइहरूमा बडादशैं, तिहार, छठपर्व २०८१ एवं नेपाल संवत ११४५ को शुभ-उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । उल्लेख छ ।