जिल्लातहका कांग्रेस नेतालाई वडा सभापति घिमिरेले भने -अब गाउँ फर्किनुस्, घर-घर पुगौ

प्रकाशित मिति:

पाणिनी । नेपाली कांग्रेस पाणिनी गाउँपालिका – ५ का सभापति गणेशप्रसाद घिमिरेले जिल्ला तहका नेताहरुलाई गाउँ फर्किन सुझाव दिएका छन् ।नेपाली कांग्रेस पाणिनी गाउँपालिका स्तरीय भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । वडा सभापति घिमिरेले घर-घरमा पुग्दै जनताका समस्या सुन्नुपर्ने आवश्यक रहेको भन्दै गाउँ फर्किन सुझाव दिए ।उनले भने-जिल्ला तहका नेता अब गाउँगाउँ जानुपर्छ । टोलटोल, घरघर पुग्नुपर्छ । सभापति घिमिरेले जिरो लेभलबाट कांग्रेसलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै कांग्रेस मेरो हो र म कांग्रेसको होु भन्ने जनभावना जगाउनुपर्नेमा जोड दिए ।

उनले कांग्रेसका नेताहरु नै क्रियाशिल नभएर पार्टी कमजोर भएको बताउँदै स्वयं नेताकार्यकर्ताले नै आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताए । उनले भने – कांग्रेसका नेताहरु नै क्रियाशिल नभएर पार्टी नभएर कमजोर भएको हो । हामी नै आफ्नो जिम्मेवारी पूरा गर्न सकेनौं ।सभापति घिमिरेले समस्या राख्ने तर समाधान नखोज्ने प्रवृत्ति कांग्रेसका नेताहरुमा रहेको जिकिर गरे । समस्या राख्छौं, दोषारोपण गरेर उम्किन खोज्छौं तर समाधान खोज्न लाग्दैनौं।उनले भने -नेतृत्वगण, वडाका पधाधिकारी, भातृ संस्थाका पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा गरौं । आफ्नो कर्तव्यलाई मनन गरौं ।उनले चुनावको एकमहिना अघि तयारी थाल्ने प्रवृत्तिलाई त्याग्दै चुनाव आउनु २ वर्ष अगाडिबाट नै तयारी जिल्ला तहका नेताहरुलाई सुझाव दिए ।