तीन अमेरिकीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

प्रकाशित मिति:

काठमाडौं – अर्थशास्त्रतर्फ अमेरिकाका तीन जना अर्थशास्त्रीले यस वर्षको नोबेल पुरस्कार पाउने भएका छन्। म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्यूटका साइमन जोन्सन र सिकागो विश्‍वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरिको हो। संस्थारूको निर्माण र त्यसले समृद्धिलाई पार्ने प्रभावबारे गरिएको अध्ययनका लागि उनीहरूलाई अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गर्न लागिएको पुरस्कार समितिले जनाएको छ।