पुर्वमन्त्री खांण सहितका नेताहरुबाट बुटवल हस्पिटल प्रा लि को अवलोकन

प्रकाशित मिति:

बुटवल- असोज । बुटवलमा निमार्ण सम्पन्न भई उपचार सेवा शुरु भएको बुटवल हस्पिटल प्रालिको पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अवलोकन गरेका छन् ।मंगलबार पुर्वमन्त्री खांण सहितका नेताहरुले अस्पतालको नवनिर्मित भवन, उपकरण तथा सेवाका बारेमा जानकारी लिएका हुन् । बुटवलमा नीजि क्षेत्रको एक सय शैयाको आफ्नै भवनमा बनेको बुटवल हस्पिटल प्रा।लि पहिलो अस्पताल हो ।
अस्पतालको अवलोकन प्रश्चात पुर्वमन्त्री खांणले भने –ञबुटवल धेरै हिसाबले अब्बल रहेपनि स्वास्थ्य क्षेत्रमा कता कता पछाडी हो कि भन्ने थियो, अव बुटवल हस्पिटल प्रा।लि।ले त्यसको अन्त्य गरेको हुनु पर्दछ । संविधानले परिकल्पना गरे अनुशार स्वास्थ्यको हक नागरिकहरुको मौलिक अधिकार भएपनि सबैको पहुचमा सरकार पुग्न नसकेको भन्दै पुर्व मन्त्री खांणले नीजी क्षेत्रले सरकारले गर्न नसकेका कामहरु गरेर नागरिकको ज्यान वचाउने गरेको बताए ।

बुटवल हस्पिटल प्रालिले दुखी गरिव आसहाय विरामीहरुको उपचारमा पनि मद्त गर्ने विश्वास व्यक्त गर्दै उहांले यो हस्पिटल यस क्षेत्रकै गहना भएकोले सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताए । सो अवसरमा अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले नीजि क्षेत्रबाट भएको प्रयासलाई तीन तहका सरकार र नागरिकहरुले सकारात्मक ढंगले सहयोग गरे आफुहरुको हौसला बढ्ने बताए । उनले बुटवलबाट उपचारकै लागि भारतिय शहरहरुमा गएर विरामीले धेरै दुखकष्ट पाउनुका साथै ठुलो धनराशी खर्च भैरहेको वेला आफ्नै स्थानमा वनेको अस्पतालको संरक्षणमा सबैको साथ पाउने अपेक्षा गरे । उनले छिट्टै नर्सिंङसहितका कार्यक्रमहरु पनि अघि बढाउने बताउदै राज्यले तोकेको मापदण्ड अनुशार स्वास्थ्य क्षेत्रलाई अघि बढाउनु पर्ने बताए ।अस्पतालको अवलोकनका क्रममा गण्डकी प्रदेशका अर्थ मन्त्री डा टुक बहादुर गुरुङ, नेपाली कांग्रेस लुम्बिनी प्रदेशक ससदिय दलका प्रमुख सचेतक जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल वडा न ४ का वडा अध्यक्ष नरिष्वर शर्मा पौडेल, बुटवल वडा न ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापती ज्योती भण्डारी, बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ती अधिकारी, बुटवल हस्पिटल प्रा।लि।का सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल लगायतकाले अस्पतालका विषयमा आ आफ्नो भनाइ राखेका थिए ।आजभन्दा २४ वर्ष अघि स्थापना भएको यो अस्पतालमा विभिन्न विधाका ३५ जना कन्सल्टेण्ट डाक्टरहरु सहित २ सय ५० जना कर्मचारीहरु रहेका छन् ।