आज बुधबार, द्वादशी तिथि, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७५ पौष १८ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल पौष महिनाको १८ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत पौष कृष्णपक्षको द्वादशी तिथि विहानका राति ३।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी लक्ष्मी हुन् । सूर्य धनु राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । विशाखा नक्षत्र दिवा १२।५ बजेसम्म रहनेछ । आज सूर्योदय ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।१९ बजे हुनेछ ।
चन्द्रमा आज बृश्चिक राशिमा छन् । आज बुधबार द्वादशी तिथि हो । आज शिवजीको उपासनासँगै अग्निस्थापनादि कार्य शुभ रहनेछन् ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५