नेपाल प्रेस युनियन गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल

प्रकाशित मिति:

गोरखा,१८ पुस । नेपाल प्रेस युनियन गोरखाको अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल चयन हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा नरहरि सापकोटा, सचिवमा मोहसिन अलि मिया, सहसचिवमासस्मिता पन्त, कोषाध्यक्षमा सुनिल कुँवर र सदस्यहरुमा अन्जनबावु खत्री, अजितरमण खनाल, शिवराम श्रेष्ठ र सलिना गुरुङ्ग चयन गरेको छ ।
त्यस्तै केन्द्रीय पार्षदमा रामशरण आचार्य, किशोरजंग थापा, प्रसन्न पोखरेल, दिपक दाहाल, करिष्मा केसी ,शिव उप्रेती, आत्माराम श्रेष्ठ र कैलाशबावु श्रेष्ठ लाई चयन गरेको छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा सलिना गुरुङ्ग, प्रकाश ढकाल, नरहरी सापकोटा, सन्तोष अधिकारी ,अन्जनबावु खत्री, सस्मीता पन्त, मोहसिन अलि मियाँ, सृजना अर्याल र अनिल कुँवर लाई चयन गरेको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको अधिवेशनमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दिपक आचार्य र सचिव खिला कार्कीको पनि उपस्थिती रहेको थियो ।