बाजुरा, कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन्।राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नं ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन्। राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन बुधबार अपरान्ह्र सुर्खेत पुग्ने छन्।