भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे राज्य व्यवस्था समितिमा छलफल

प्रकाशित मिति:

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरुलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । अहिलेसम्म अवधिबारे यकिन भइसकेको छैन, तर माननीयज्यूहरुले तीन वर्षभन्दा कम कैद सजाय पाउनेहरुलाई शुल्क बुझाएर कैद बस्न नपर्ने सुविधा दिने हो कि भनेर पटकपटक छलफल गर्नुभएको छ’ उपसमितिका एक सदस्यले भने ।कारागारमा कैदीबन्दीको धेरै चाप भएकाले यो विकल्पमा छलफल भएको ती सांसदले बताए ।