गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरैको जरिवाना

प्रकाशित मिति:

सूचना प्रविधि कम्पनी गुगलमाथि ५ खर्ब रुपैयाँ भन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ । मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमाथि ४ अर्ब ३४ करोड युरो जरिवाना भएको हो ।

इन्टरनेट सर्चमा आफ्नो प्रभुत्व कायम गर्नका लागि अवैधानिक रुपमा प्रयोग भएको अभियोगमा युरोपेली आयोगले गुगलमाथि यति ठूलो रकम जरिवाना गरेको हो ।आफ्नो यस्तो नाफाखोरी व्यवसायिक गतिविधि परिवर्तन गर्न वा आफ्नो दैनिक विश्वव्यापी आयको ५ प्रतिशत थप जरिवानाको सामना गर्न युरोपेली आयोगले गुगलको मातृ कम्पनी अल्फाबेटलाई ९० दिनको समयसीमा दिएको छ ।उता गुगलले भने आयोगको उक्त निर्णयको पुनरावेदन गर्ने जनाएको छ ।