ग्लोबल आइएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

प्रकाशित मिति:

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले एजिलसमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा छुट पाउने भएका हुन्।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलिप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरेका छन्।समझदारी अनुसार बैंकका ग्राहकहरुले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउँनेछन्।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो।ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो। बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्र रहेका छन्।