राष्ट्रपतिबाट प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको सपथ

प्रकाशित मिति:

काठमाडौं, १८ पुस – प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।

जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् । जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।