​अमेरिका र इजराइल युनेस्कोबाट किन बाहिरिए ?

प्रकाशित मिति:

१८ पुस, न्युयोर्क । संयुक्त राष्ट्र संघीय शैक्षिक, विज्ञान एवं सांस्कृतिक संगठन (युनेस्को) बाट अमेरिका र इजराइल बाहिरिएका छन् । एक वर्ष अघि नै युनेस्कोबाट बाहिरिने पत्र दिएको अमेरिका र इजराइल औपचारिक रुपमा हिजोबाट बाहिरिएका छन् । दुवै देशले इजराइलविरुद्ध युनेस्कोले पूर्वाग्राही तरिकाले कामहरु गर्न थालेको भन्दै असन्तुष्टि सहितको पत्र पठाएको थियो । यी दुई देश युनेस्कोबाट बाहिरिएपछि त्यसको वित्तीय प्रभाव संगठनमाथि पर्ने जानकारहरु बताउँछन् ।
प्यालेस्टाइनलाई युनेस्कोको सदस्य राष्ट्रको रुपमा समावेश गराएपछि अमेरिका र इजराइलले युुनेस्कोलाई आर्थिक सहयोग बन्द गरेका कारण युनेस्कोलाई थप समस्या हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।