सुनको मूल्य निरन्तर उकालो यात्रामा

प्रकाशित मिति:

काठमाडौं, कात्तिक : केही यता नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो यात्रामा छ। निरन्तर बढिरेको सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान बनाइरहेको छ।बुधबार पनि यसले निरन्तरता पायो। बुधबार प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ। यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो।यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ।