सिद्धबाबा बहुउद्देश्यीय सहकारीको २२ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

कार्तिक २३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ०४ मा रहेको सिद्धबाबा बहुउद्देश्यीय सहकारी सस्थाको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष जित बहादुर श्रेष्ठको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेदबिना तिवारीको प्रमुख अतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बेदबिना तिवारीले सहकारीले बच्चा देखी जेष्ठ नागरिक सम्मलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व बहन गरेको बताउनु भयो । कृषि र पर्य- पर्यटनको क्षेत्रमा सहकारीले लगानी गर्दा राम्रो हुने उल्लेख गर्दै उहाले सहकारीको लगानीमा बर्दघाटमा पर्यटन भित्र्याउन सकीने बताउनु भयो ।


साधारण साभमा सस्थाका अध्यक्ष जित बहादुर श्रेष्ठले सस्थाको प्रगति प्रतिबेदन, सचीव टेक बहादुर आ.सीले सचिबको प्रतिबेदन, कोषाध्यक्ष प्रीतम सिंह कुर्मीले आर्थिक प्रतिवेदन, ऋण उपसमितिको प्रतिबेदन संयोजक लाल बहादुर अधिकारीले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक सुखराम चौहानले प्रस्तुत गर्दै सस्थाको हाल सम्मको अवस्था र आगामी बर्षका लागी लिने नितिहरु प्रस्तुत गर्नु गर्नुभएको थियो । साधारण सभामा ल्याइएका सम्पूर्ण प्रस्ताव र प्रतिबेदन अनुमोदन गरेको छ । साथमा उत्कृष्ट कारोबार गर्न शेयर सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालाइ सम्मान गरिएको छ ।


संस्थामा १ हजार ८२ जना शेयर सदस्य रहेका छन् भने कुल १९ करोड ८८ लाखको बासलात, ३ करोड २५ लाखको शेयर पूँजी, १५ करोड ४० लाखको बचत र १८ करोडको २८ लाख कर्जा लगानी रहेको छ। साधारण सभामा संस्था करिब २९ लाख ५२ हजार रुपैयाँ नाफामा रहेको सस्थाले जानकारी दिएको छ ।


साधारण सभाको अध्यक्षता सस्थाका अध्यक्ष जित बहादुर श्रेष्ठले गर्नु भएको थियो भने, उपाध्यक्ष डालाराज पान्डेले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन सचीव टेक बहादुर आ.सी.ले गर्नुभएको थियो।