आर एस अटोमोबाईल्सद्धारा सुजुकी बर्गम्यान १२५को बिक्री शुभारम्भ

प्रकाशित मिति:

बुटवलको लागि सुजुकी टु व्हिलर्सको आधिकारीक बिक्रेता आर एस अटोमोबाईल्सले सुजुकी बर्गम्यान १२५ बिक्री शुभारम्भ गरेको छ । हाल सम्म नेपालमा उपलब्ध स्कुटरहरुमध्य सबैभन्दा आर्कषक तथा सुविधाजनक यो स्कुटर यस प्रकारको पहिलो त्यस्तो किसिमको म्याक्सी स्कुटर भएको डिलरको दाबि छ । जसमा १४ ईन्च आकारको ट्युबलेस ठूला टायर दिईएको छ ।
यो स्कुटर सबै १२५ सि.सि.का स्कुटरहरुको समुहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने कुरा निर्विवाद रहेको आर एस अटोमोबाईल्स कानिर्देशक रेशम खड्काले जानकारी गराए ।
यस्को बजार मुल्य रु. २ लाख २९ हजार कायम गरिएको छ । सुजुकी बर्गम्यान १२५ मा७५०० आर.पि.एम., ८.७ बि.एच.पि. को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सि.सि.को शक्तिशालि ईन्जिन जडित छ । यो स्कुटरको अग्रभागमा डिस्क ब्रेक छ भने, ५.६ लि.क्षमताको पेट्रोल अट्दछ ।  स्कुटरको नेपाल अटो ट्रेड युनीयनमहासंघ का अध्यक्ष जीवन अधिकारीले शुभारम्भ गरे । सुजुकी नेपालका मार्केटिड्ड म्यानेजरी नवराज कोइरालालेृ सुजुकीको बजार अब्बदल रहेको बताए ।  डिजिटल ड्यास बोर्ड रहेको स्कुटरमाएल.ई.डी हेडलाईट र एलईडी ब्याकलाईट जडान गरिएका छन् । एरोडाइनामिक डिजाईन, व्रmोम फिनिसिड्ड, सेन्ट्रल लक प्रणालि, मोबाईल चार्जको लागिपोर्ट तथापंजा राख्ने भाग जस्ता विविधविशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।


सुजुकीले बुटवलतथाआसपासका क्षेत्रमाबिक्री, बिक्री पछिको सेवा र पार्टसहरु प्रभावकारी रुपमा प्रदान गरिरहेको आर एस अटोमोबाईल्सका संचालक श्याम बस्नेतले बताए । साथै ५ बर्षको ईन्जिन वारेन्टी पनि दिइएको छ ।