कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन द्धारा बुटवल हस्पिटल अवलोकन

प्रकाशित मिति:

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा पुर्व मन्त्री अमरसिंह पुनले बुटवलमा रहेको बुटवल हस्पिटल प्रा।लि।को अवलोकन गर्नु भएको छ । उहांले अस्पतालको भौतिक संरचना, उपचारको प्रक्रिया, जनशक्ति लगायतका विषयमा जानकारी समेत लिनु भएको छ । सो अवसरमा उहांले स्वास्थ्य बिमामा नीजि क्षेत्रलाई पनि समेट्नु पर्ने बताउनु भएको छ । उहांले नीजि क्षेत्रले बनाएका सुविधा सम्पन्न अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिने सक्ने बाताबरण बनाउन तिनै तहका सरकारलाई सुझाव दिनु भयो । उहांले बुटवलमा बिरामी आएपछि भारतिय शहर देखि राजधानी काठमाडौं जान नपर्ने अवस्थाको श्रृजना गर्नु पर्ने बताउनु भयो ।

सो अवसरमा अस्पतालको बारेमा जानकारी दिर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चुन्न प्रसाद पौडेलले स्वास्थ्य क्षेत्रमा भएका विकृतीहरुको अन्त्य गर्दै जनताले सरल सहज ढंगले उपचार पाउनु पर्ने धारणा राख्नु भयो । उहांले राज्यले स्वास्थ्य संस्थाहरुको अनुगमन समेत समय समयमा गर्नु पर्ने बताउनु भयो । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, अस्पतालका निर्देशक डा कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतको सहभागिता रहेको थियो ।