मेडिकल,इन्जिनियरिङ्ग र पाइलटको पढाई नेपालमै रहनुपर्छ – प्रसाईं

प्रकाशित मिति:

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको उच्च शिक्षा नेपालमै हुनुपर्ने बताएका छन्।शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले नेपालको पैसा नेपालमै रहनुपर्ने बताउँदै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई नेपालमै हुनुपर्ने बताएका हुन्।प्रसाईंले भने(‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ, सबै विद्यार्थीको प्लस टु माथिको पढाईका साथै मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा, पाइलट टेनिङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ।’साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए।उनले कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए।