मंसिर १ बुटवल । राेटरी क्लव अफ तिलाेत्तमा-रुपन्देहीले क्लवका सदस्यहरुलाई बाक कला प्रशिक्षण गरेकाे छ । शनिवार भएकाे क्लवकाे नियमित साप्ताहिक बैठकमा क्लवका सदस्यहरुलाई बाककला सम्बन्धि प्रशिक्षण गरिएकाे हाे ।
कार्यक्रममा प्रशिक्षक उद्घाेषक सुमनरश्मी श्रेष्ठले बाक कलाकाे लागि अध्ययन, नियमित प्रयास र निरन्तरता अपरिहार्य हुने बताउनु भयाे । उद्घाेषण गर्नका लागि मात्रै नभएर मानिसकाे जीवनमा हरेक क्षण बाककला नभईनहुने कुरा भएकाे बताउनु भयाे ।
एउटा कुनै कार्यक्रम मात्रै नभएर जीवनका हरेक क्षणमा बाककला अपरिहार्य रहेकाे बताउँदै क्लवका अध्यक्ष देवीराम पाण्डेले क्लवका सदस्यहरुलाई बाककलामा क्षमता विकास गर्नकाे लागि प्रशिक्षण कार्यक्रम राखिएकाे बताउनु भयाे ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष राेटरी डिष्ट्रिक सेक्रेटरी कृष्णप्रसाद शर्माले बाककलाले मानिसलाई सफलताकाे बाटाेमा अगाडि बढाउने बताउदै मानिस आफैमा पूर्ण हुनका लागप बाककला अनिवार्य रहेकाे भनाई राख्नुभयाे ।
कार्यक्रममा क्लवका नाेमिनी प्रेसिडेन्ट देवीलाल भट्टराई, उपाध्यक्ष शंकरप्रसाद पाण्डे, सचिव अर्जुनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य भुवनसिंह विश्वकर्मा, सदस्य किशाेरकुमार विकले भनाई राख्नु भएकाे थियाे ।