विश्वकप खेल्ने स्याङ्जाका ३ चेलीलाई अर्जुनचौपारी गाउँपालिकाले नगदसहित सम्मान गर्ने

प्रकाशित मिति:

स्याङ्जा, मंसिर – युएईमा सम्पन्न एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएको टिममध्येका स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई अर्जुनचौपारी गाउँपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के।सी। र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा नगद रु जनही १५र१५ हजार सहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

स्याङ्जाका खेलाडीहरुले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडीहरुको योगदान महत्वपुर्ण रहेकाले खेल र खेलाडिको विकासको पक्षमा अर्जुनचौपारी गाउँपालिका रहेको अध्यक्ष तिवारीले बताए ।आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएका थिए । महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघसहित यहाँका खेलप्रेमी युवाहरूले मोटरसाइकल र्‍यालीसहित स्याङ्जा ल्याएका थिए ।गण्डकी प्रदेशबाट सहभागी भएका ४ जनामध्ये ३ जना क्रिकेट खेलाडी स्याङ्जा पुतलीबजार नगरबासी हुन्।