मंसिर ७ गुल्मी । गुल्मीको मदाने गाँउपालिकामा कर्मचारी युनियनको अधिबेसन सम्पन्न भएको छ । दोस्रो अधिवेशन बाट डिल्लिराज भट्टराईको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ ।
जसको उपाध्यक्ष (खूल्ला ) बाट तिर्थ पन्थी ,समावेशि बाट नन्दा कुमारी थापा, सचिवमा बसन्त कुँवर,सह -सचिव शुसिल घिमिरे, कोषाध्यक्षमा लाल बहादुर घर्ति र सदस्यहरुमा समिक्षा भण्डारी, मनिष कुमार बुढाथोकी ,कुल बहादुर घर्ति,बिष्णु चन्द,खिमा जिसी,बिरेन्द्र खडायत,निर्मला ओली,तिर्थराज पन्थी, शिवहरी पन्थी ,सुरज कुमार दास, लाल बहादुर कुँवर,बाबुराम पन्थी र शिवहरी गौतम गरी उन्नाइस सदस्यीय नयाँकार्य समिती गठन भएको हो ।
नेपाली काँग्रेस मदाने गाँउपालिकाका पार्टि सभापति तथा गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा आधिकारीक ट्रेड युनियन गुल्मीका अध्यक्ष खिम बहादुर अधिकारी, युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डे,डिबि कार्कि र कमल पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
नयाँ निर्वाचित अध्यक्ष भट्टराईले समितीले कर्मचारीको हकहितका पक्षमा काम गर्दै आफ्ना गतिबिधीहरु गर्दा कर्मचारी प्रशासनको अनुशासन, मर्यादा भित्र रहेर गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष कुवँरले कर्मचारी युनियनलाई चुस्त र दुरुस्त बनाउँदै जनसेवामा जोड दिन आग्रह गर्नुभएको थियो । पछील्लो समय जनप्रतिनिधी र कर्मचारी संयन्त्र मिल्नाले मात्र पालिका अव्वल र सवल रहने बताउँदै सफलअताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।