कमल चौधरी ८ मंसिर, कपिलबस्तु । पन्धौं कपिलबस्तु महोत्सव एंव कृषि तथा औद्योगिक पदर्शनीको तयारी तिब्र बनाइएको छ । जसले गर्दा अहिले बाणगंगा नगरपालिकाको बुद्धरगंशाला क्षेत्रमा चहलपहल भएको छ ।
कपिलबस्तु महोत्सवको उद्घाटन यही मंसिर १९ गते उद्घाटन गरिने अयोजकले जनाएको छ । साथै कपिलबस्तु उद्योग बाणिज्य संघको अयोजमा यही मंसिर १९ गते देखि पुष २ गतेसम्म हुन लागेको संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जनकारी समेत दिनुभयो ।
उहाँले महोत्स तयारी अन्तिम चरणमा पुगिसकेको भन्दै महोत्सवलाई सफल बनाउनको लागि विभिन्न समिति तथा उप–समिति तयार गर्नुको साथै विभिन्न चरणमा सरोकारहरुसंगको छलफल समेत भैसकेको बताउँनुभयो ।
‘सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’ भन्ने मूल नारासहित अयोजन गर्न लागेको महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलकारहरुको विजोड प्रस्तुति हुनुको साथै यस क्षेत्रको पहिचान झल्कीने भेषभुषा तथा कला संस्कृतिहरुको ऐतिहासिक स्थालहरुको संरक्षण र प्रवद्धन गर्ने संघका अध्यक्ष गणेश क्षेत्रीले जनकारी दिनुभयो ।
साथै विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि महोत्सवको मुख्य अकार्षक डान्स आईडल हुनुको साथै खुल्ला महिला भलिबल, डोरीतान, कराँते लगायतको खेल प्रतियोगित हुने र विभिन्न किसिमका शैक्षिक तथा जनचेतना मुलक कार्यक्रम समेत गरिने अयोजकले जनाएको छ ।