गरिमा बैंकको १८ औं वार्षिकोत्सबमा ७ स्थानमा रक्तदान, ५६२ युनिट रगत संकलन

प्रकाशित मिति:

काठमाडौ । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सब अवसरमा देशका ७ स्थानमा गरिएको रक्तदानबाट ५ सय ६२ युनिट रगत संकलन भएको छ ।विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट, बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट,बैंकको क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट, बैंकको शाखा कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट, बैंकको क्षेत्रीय कार्यालय कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट,बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट र बैंकको शाखा कार्यालय, बीरगंजमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट गरी जम्मा ५ सय ६२ युनिट रगत संकलन संकलन गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिनुभयो । रक्तदान संगै बैंकले देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको थियो । जस अन्तर्गत जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर रंगिन प्रिन्टर प्रदान गरिएकाे छ । कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरिएकाे छ भने कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान गरिएकाे छ ।

त्यास्तै बेनी अस्पताल, म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान गरिएकाे छ भने श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण गरिएकाे छ । जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक प्रदान गरिएकाे छ । श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान गरिएकाे छ ।त्यस्तै मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण गरिएकाे छ भने श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण गरिएकाे छ । श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरिएकाे छ ।२०६४ सालमा स्याङ्जाको वालिङ् बाट १० जना कर्मचारी सहित स्थापना भएको बैंकसंग हाल १ हजार ६४ कर्मचारी रहेका छन् । २ करोड ६४ लाख चुक्ता पुजि सहित कारोबार सुरु गरेको बैंकको आज ५ अर्ब ७८ करोड चुक्ता पुजि रहेको छ ।३७ जिल्लामा १ सय २३ शाखा कार्यालय र एक्यटेन्सन काउन्टर सहित सेवा प्रवाह गरेको बैंकले ८ लाख ६५ हजारलाई सेवा प्रवाह गरेको छ ।