काठमाडौं, मंसिर – काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह बालेनले नेकपा एमालेलाई जरिबाना गरेको पत्र हुलाक र इमेलबाट पठाएका छन्।यसअघि महानगरले एमाले केन्द्रीय कार्यालयमै पुगेर पत्र बुझाउन खोज्दा एमालेले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलबाट सूचना पठाइएको हो।एमालेले आफूहरु आयोजक नभएको बताउँदै सूचना बुझ्न अस्वीकार गरेको थियो।गत मंसिर ७ गते आयोजना गरेको जागरण सभामा फोहार गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख जरिबाना गरेको थियो। मेयर शाहले एमालेमाथि पूर्वाग्रह राखेर जरिबाना गरेको आरोप लगाउँदै आएको छ।