काठमाडौं, मंसिर – नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँ घटेको छ।सरकारले सुनमा लगाउँदै आएको भन्सार २० बाट १० प्रतिशत बनाएपछि नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट गएको छ। सोमबार सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ।कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घरेर १८२० रुपैयाँ कायम भएको छ।