बिश्व प्रसिद्ध ब्ल्याक शार्क ब्राण्डका स्मार्टवाच र ईयरवड लगाएतका उत्पादनहरु ५० प्रतिशत छुटमा उपलब्ध

प्रकाशित मिति:

काठमाडौं मंसिर । इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेसको क्षेत्रमा काम गर्दै आएको मोबाईलमाण्डुको ब्यबस्थापनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिई सकेको खवर छ । यहि नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबड औपचारिक रुपमा नेपाली बजारमा ५० प्रतिशत छुटमा उपलब्ध भैरहेका छन् ।
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजका ब्राण्डहरुको विशेष लन्च गरिएको छ । यसअघि मोबाईलमाण्डुले आईप्रो मोबाईल फोन लगाएत सामाग्रीहरु नेपालभर बिक्रि बितरण गर्दै आईरहेको थियो ।

मोबाईलमाण्डुका संचालक सुनिता सुबेदीका अनुसार गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबड लगाएत ५ वटा उत्पादनको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्नेछन् । संचालक सुबेदी भन्छिन्–दराज र मोबाइलमान्डुको प्ल्याट फर्मबाट पनि यी सामग्रीहरु अनलाईन खरिद गर्न सकिने छ ।ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशतसम्म छुट अफर उपलब्ध भैरहेको बताइएको छ ।त्यसैगरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी बाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ ।सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ ।