रुसमा विस्फोट चौधको मृत्यु

१८ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
30 Shares


पुष १८ मस्को। मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन्। भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन्। पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ।

सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाृ सो व्यक्तिहरुमा एक बालकसमेत रहेका छन्। सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासिय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ। करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासिय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ। यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरु ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ। यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौको सङ्ख्यामा व्यक्तिहरु घरवारबिहीन भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…