काठमाडौं, मंसिर – बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।