धौलागिरी सहकारीको पदस्थापना

प्रकाशित मिति:

धौलागिरी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बुटवलमा नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । सहकारीमा एक कार्यक्रमका बिचमा प्रमुख निर्बाचन अधिकृत फडिन्द्र शर्मा र सदस्य शालिकराम बञ्जाडेले सपथ तथा पदहस्तान्तरण गराउनुभयो ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि तथा कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खांणले सहकारीको पूजी बृद्धि गर्नुपर्ने बताउनुभयो । धौलागिरीको नाम जस्तै पूजीपनि बृद्धि गरेर गरिमा बचाउनुपर्नेमा जोड दिनुभभयो ।सहकारीका निर्बतमान अध्यक्ष हरि पन्त, प्रमुख निर्बाचन अधिकृत फडिन्द्र शर्मा , सदस्य शालिकराम बञ्जाडे, नव निर्बाचित अध्यक्ष गोबिन्द खनाल, कांग्रेस नेता युवराज गिरी , राधेश्यामराज भण्डारी, पिताम्बर नेपाल , प्रेस सल्लाहकार विष्णु भुषाल लगायतले बोल्दै सहकारीको सदस्य तथा पूजिबृद्धि गर्दैै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।