नव गायकाको रुपमा उदाएका छन्, पाण्डे

प्रकाशित मिति:

कपिलबस्तु । पछिल्लो समय संगीत नसुन्ने र गीत नगुन गुनाउने मानिस कमै होलान् । अहिलेका युवा पुस्तामाझ संगीतको निक्कै नै मोह रहेको देख्न सकिन्छ । विभिन्न सांगीतिक कार्यक्रमहरु, रियालिटी शोहरु प्रति नेपालीहरु अहिले आकर्षित हुने गरेको पाइन्छ ।
अहिलेका युवा पुस्तामाझ आधुनिक, पप, क्लासिक, लोक आधुनिक, दोहोरी लगायतका गीतहरु गाउनेको ट्रेन्डनै चल्ने गरेका छन् ।
धेरै जसो कलकारहरुलाई सामाजिक सञ्जालले चर्चित बनाएको छ । यस्तै पछिल्लो समय नव गायकाको रुपमा उदाएका छन्, बाणगंगा नगरपालिका–८ मोर्मि निवासी ऋषिकेश पाण्डे ।
को हुन्, गयक पाण्डे

वि.स. २०५४ अशोज २५ गते बाणगंगा नगरपालिका वडा नं ८ मोर्मीमा पिता रामलाल पाण्डे र माता सरस्वती पाण्डेको कोखबाट एउटा साधारण परिवारमा जन्मिएका हुन्, ऋषिकेश पाण्डे ।
त्यस्तै वि.स. २०७६ सालदेखि संगीतीक क्षेत्रमा प्रवेश गरेका हुन । आफ्नो नाम र जन्मिएको ठाउँको पहीचान र नगर संगै जिल्लाको शान बढाउनको लागी भनेर आफु २३ वर्षको उमेर देखि यस क्षेत्रमा प्रवेश गरेको हुन् ।
उनी भन्छन्– “म सानै देखि नै स्कुल, गाउँ–घरमा गीत गाउने गर्थें । मैले गाएको सुनेर मलाई मेरा बुबा–आमा, दाई, शिक्षक र साथीहरुले प्रोत्साहन गर्नुहुन्थ्यों । त्यही बेलादेखी नै म यस क्षेत्रमा लाग्ने निर्णय गरेको हो ।”
उनले थरी थरी मानिसका इच्छ, चाहना, लक्ष्य र सपनाहरु हुने भएकाले आफ्नो सपना भने संगित क्षेत्रमा आफुलाई स्थापित गर्ने रहेको बताउँछन् ।
उनले अहिले सम्म एक दर्जन भन्द बढी गीतमा स्वर दिई सकेका छन्, भने केही गीत बजारमा ल्याउने तयारीमा रहेको समेत बताउँछन् ।
सलक्कै, कस्तो भाग्य, अधिकार, मुटु पैचो, काँचो सुपारी, लाल्टीन फुल फुलेको, दाई नभन ल… लगाएतका गीतहरु बजारमा ल्याईसकेको उनि बताउँछन् ।