धरानः नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि र स्थानीय तरुण नेता तथा पार्टी नेतृत्ववीच भेटघाट छलफल भएको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा प्रतिनिधि दिनेश राईसंग भेटघाट तथा छलफल भएको हो । राई नेपाली कांग्रेसको महासमिति सदस्य तथा गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार समेत हुन् । उनी झापा, मोरङ र सुनसरीमा नेपाल तरुण दलका तर्फवाट प्रतिनिधि भई खटिएका छन् ।भेटघाट तथा छलफलमा केन्द्रीय प्रतिनिधि दिनेश राईले नेपाल तरुण दलको वडा तहसम्मको संरचनालाई पार्टी नेतृत्वसंग समन्वय गरी पूर्णता दिने, चुस्त, दुरुस्त राख्ने, प्रशिक्षण दिने, पूर्णकालीन सदस्यता वितरण गर्ने, रचनात्मक समाजमुखि कार्यक्रम गर्ने, यूवाहरुलाई आत्मनिर्भर बनाउन आवश्यक नीति, कार्यक्रम र योजना बनाउने तथा समयमै तरुण दलको गठन महाधिवेशन मार्फत गर्ने, नेपाल तरुण दलको संशोधित विधान लगायतको विषयमा विचार राखेका थिए ।
सो क्रममा वक्ताहरुले स्थानीय पार्टी गतिविधि, विकास निर्माण र विद्यमान समस्याका बारेमा समेत चर्चा हुनुका साथै नेपाली कांग्रेसले आफु सरकारमा रहेको वेला जनताका आधारभूत कुराहरु, सुशासन कायम, दण्डहीनताको अन्त्य लगायतका विषयमा गम्भिर हुनुपर्ने र पार्टी, भातृ तथा शुभेच्छुक संघसंस्थाहरु विधान अनुरुप सञ्चालन हुनुपर्ने विचार पनि राखेका थिए । कार्यक्रममा कोशी प्रदेश सदस्य अन्जना राई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोखरेल, तरुण दल केन्द्रीय सदस्य शेखर विश्वास, नगर सचिव जितेन्द्र राई, तरुण दल नगर सभापति राम तामाङ, तरुण दल नगर सचिव मनोहर श्रेष्ठ लगायतले विचार प्रकट गरेका थिए । कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्य उमेश पौडेल, क्षेत्रीय सल्लाहकार राजकुमार भुजेल, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, धरान ७ नं. वडा सभापति सुवर्ण पलिखे र बराहक्षेत्र ४ नं. वडा सभापति नुतन धामी, स्ववियु सहसचिव प्रशान्त राई, तरुण दल नगर सदस्य सुवास राई, क्षेत्रीय प्रतिनिधि गोरिया धामी, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्रीय सचिव उज्ज्वलराज राजकर्निकार लगायतको उपस्थिति रहेको थियो ।