`सुगन्ध सोच´ सम्बन्धि एक दिने कार्यक्रम पाल्पाको रामपुरमा

प्रकाशित मिति:

उत्तरवाहिनी टेक्निकल ईन्स्टिच्युटको आयोजना र प्रस्तावित रामपुर जेसिजको समन्वयमा`सुगन्ध सोच´ सम्बन्धि एक दिने कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिकाका ९ वटा विद्यालयका ४ सय ५०मेधावी विद्यार्थीहरुलाई युवा नेता सन्दिप रानाले आध्यात्मिक ज्ञान,मनोचिकित्सक डा.तिर्थ लुइँटेलले मन र मस्तिष्क र बाल प्रतिभा प्रेरणाकि धनी प्रीन्सा रेग्मीले सकारात्मक सोचका बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले इमान्दारिता ,लगनशीलता र सकारात्मक सोच विद्यार्थीको गहना भएको बताउनु भयो। नगर उप–प्रमुख बालकुमारी थापा वडा न.१ का वडा अध्यक्ष कपिल बहादुर खाण ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल,वडा न.६ का अध्यक्ष दिवाकर देवकोटा प्रस्तावित रामपुर जेसिजका अध्यक्ष शंकर खाणलगाएतले यस्ता कार्यक्रमले विद्यार्थीहरुको जीवन सकारात्मक बाटोमा लाग्न प्रेरणा मिल्ने बताउनु भएको थियो ।
सस्थाका सन्चालक गोपिकृष्ण रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा न ४ का वडा अध्यक्ष राम बहादुर थापा र सञ्चालन कार्यक्रम सयोजक दिपेन्द्र भट्टराईले गर्नुभएको थियो ।