माओवादी केन्द्रको खबरदारी सभा तथा तेस्रो अधिबेशन गल्याङमा- दुर्गाबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
गल्याङ । नेकपा माओवादी केन्द्रको खबरदारीसभा तथा तेस्रो अधिबेशन गल्याङमा सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको आयोजनामा खबरदारी सभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको हो ।तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा नेकपा माओवादी केन्द्र गल्याङ नगर कमिटिको ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।अधिबेशनले थापाको अध्यक्षतामा नयाँ कमिटि सर्बसम्मत चयन गरेको हो ।कमिटिको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भुमकला न्यौपाने चयन हुनुभएको छ । यस्तै, सचिवमा सुनिता सिंजाली, सहसचिबमा दुर्गा शिरिषमगर र कोषाध्यक्षमा लोकबहादुर बराल चयन हुनुभएको छ ।अबिधेशनमा विभिन्न पार्टी परित्याग गरेका १३ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।यसैबीच, अधिबेशन लगत्तै गल्याङबजारमा खबरदारी सभा पनि गरिएको छ ।
भ्रष्टाचारीहरुलाई जोगाउन महागठबन्धनकारी सरकार गठन भएको र त्यही खालका गतिविधिहरु भ्ैरहेको भन्दै माओवादी केन्द्रले खबरदारी सभा गरेको हो ।
गल्याङ नगरपालिका ३, गल्याङबजारमा भएको खबरदारी सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका स्याङ्जा जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि मात्रै गठन भएको बताउनुभयो ।
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ पर्ने र काङ्ग्रेस नेतृ आरजु राणा देउवालाई पक्राउ गर्ने तयारी भएकै बेला सरकार रातारात फेरिएको उहाँको भनाई छ ।इञ्चार्ज घिमिरेले भ्रष्टाचारीको संरक्षण र बेथितिका लागि नै सरकार बनेको कुरा पछिल्ला गतिविधिले झनै पुष्टी गरेको बताउनुभयो ।सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ गर्दा धनराज गुरुङ र एमालेका नेताहरु पक्राउ नगरिनुमा सरकार आफ्नालाई मात्रै जोगाउने योजनामा छ भन्ने कुरा स्पष्ट भएको उहाँको भनाई छ ।कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जा जिल्ला अध्यक्ष लोकेन्द्र थापाले सरकारको गतिविधिकै कारण जनमत अहिले माओवादीको पक्षमा आएको बताउनुभयो ।काङ्ग्रेस र एमालेकै कारण युवा पलायन, बेरोजगारी, बैदेशिक ऋण बृद्धि तथा देशको समग्र अवस्था नै खराब बन्दै गएको उहाँको भनाई छ ।खबरदारी सभामा माओवादी केन्द्रका गल्याङ नगर कमिटिका निवर्तमान अध्यक्ष चित्रबहादुर राना, नवनिर्चाचित अध्यक्ष दुर्गाबहादुर थापा, उपाध्यक्ष ज्योति भट्टराई लगायतले बोल्नुभएको थियो ।देशमा भ्रष्टाचार र बेथिति बढ्दै गएको भन्दै माओवादीले देशभर नै सरकार विरुद्ध खबरदारी सभा गरिरहेको छ ।