कथाकर तथा पत्रकार ज्ञवाली सम्मानित

प्रकाशित मिति:

दैनिक पत्र दैनिकको १५ औँ वर्ष प्रवेशको अवसरमा कथाकार तथा पत्रकार गुरुदत्त ज्ञवालीलाई सम्मान ब्यक्त गरिएको छ ।
बुटवल मिडिया प्रकाशन प्रा.लि. को आयोजनामा बुधबार दैनिक पत्र दैनिकको प्रधान कार्यालय बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै कथाकार तथा पत्रकार ज्ञवालीलाई सम्मान गरिएको हो । गत वर्ष हर्ट अट्याक्ट भएर रेस्टमा रहनु भएका ज्ञवालीको चितवनको भरतपुर अस्पतालमा अप्रेसन गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्व सांसद बिनोद पहाडीले मृत्युको मुखबाट बचेर आएका गुरुदत्त ज्ञवाललीलाई सम्मान प्रकट गर्दैे नयाँ जीवन प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।कार्यक्रममा बरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले आफ्ना स्तम्भकारलाई दैनिकपत्रले माया र सम्मान दिएकोमा खुसी व्यक्त गर्दैै दैनिकपत्रले राम्रो परम्परा र संस्कारको थालनी गरेको बताए ।

लेखक तथा साहित्यकार झपेन्द्र जीसीले गुरुदत्त ज्ञवालीका लेखहरु वस्तुबादी, रोचक र ज्ञानबर्र्धक हुने गरेको बताउँदै उनको सु स्वास्थ्यको कामना ब्यक्त गरेका थिए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवालीले लेखक, पत्रकार तथा कर्मचारीलाई दैनिकपत्रले सम्मान गरी उत्साहित बनाउने कार्य गरेकोमा प्रशंसा व्यक्त गर्दै यसप्रकारका रचनात्मक कार्यको निरन्तरताको कामना गरे । लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष हिमलाल ज्ञवालीले गुरुदत्त ज्ञवाली अस्पतालमा उपचाररत रहेको अवस्था बारे चर्चा गर्दै उनको लेखनीले समाजमा चेतना जागृत गराउन योगदान दिएको बताए । लेखक तथा मानवअधिकार अभियान्ता गणेश उचैले गुरुदत्त ज्ञवालीका लेख तथा उपन्यासहरुमा मानवताबादी सोचरहेको भन्दैै फरक खालको शैलीले आफुलाई पनि रचना गर्नमा उत्साहित बनाएको बताए ।
अग्रज पत्रकार मदनलाल पौडेलले गुरुदत्त ज्ञवालीले लेखेका रचनाहरु सजिलै बुझ्न गाह्रो भएपनि सान्दर्भिक सिर्जना हुने गरेको भन्दै सु–स्वास्थ्य तथा दीर्घायुको कामना गरे । लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष लक्ष्मण ज्ञवालीले उनका लेखहरुले नयाँ तरङग दिने गरेको भन्दै रचनाहरुको प्रशंसा गरेका थिए । पत्रकार माधव नेपालले गुरुदत्त ज्ञवालीमा फरक खालको लेखन शैली भएको चर्चा गर्दै उनका रचना सबैले सहजै बुझ्न सक्ने खालको हुनुपर्ने बताए । पत्रकार हरिष ढकालले मृत्युको मुखबाट फर्केका ज्ञवालीलाई स्वागत गर्दै आगामी दिनमा पनि लेखनको निरन्तरता र स्तर बृद्धिको लागि शुभकामना ब्यक्त गरे ।  बुटवल मिडिया प्रकाशन प्रा.लि.का कार्यकारी प्रमुख तथा दैनिक पत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईंले नेपाली कथाकारिता र लेखनको क्षेत्रमा गुरुदत्त ज्ञवालीको योगदान महत्वपूर्ण र सदास्मरणीय रहेको चर्चा गर्दै आगामी जीवन स्वस्थ र दीर्घायु होस् भनि कामना गरे ।दैनिकपत्रका अर्थस्तम्भकार मनिकर कार्कीले गुरुदत्त ज्ञवाली सँग पछिल्लो समय आफु नजिक भएर काम गरेको प्रसंग जोड्दै उनको लेखनशैलीबाट आफु लाभान्वित भएको बताए ।यस्तै कार्यक्रममा दैनिकपत्र दैनिकका प्रबन्ध सम्पादक ऋषि आजादले गुरुदत्त ज्ञवाली मृत्युको मुखबाट बचेर दैनिकपत्रको कार्यालयमा स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताए ।कार्यक्रममा दैनिक पत्रका कर्मचारीहरु मञ्जु पौडेल, उषा पौडेल, पूजा पन्थी, कृष्ण रणपाल, सिमा लामीछाने, आचार्य प्रदीप लगायतले बोल्दै उहाँको सु–स्वास्थ्यको लागि शुभकामना प्रदान गरेका थिए ।