गरिमा विकास बैंक चापाकोट शाखा द्वारा साक्षरता कार्यक्रम सप्पन्न

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी- गरिमा विकास बैक चापाकोट शाखा द्वारा चापाकोट-८क्वामिमा रहेको रत्नपुर साना किसान सहकारी सस्थाका शेयर सदस्यहरुलाइ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

प्रमुख अतिथी रहनुभएका गरिमा विकास बैंक क्षेत्रीय कार्यलय वालिङ्का प्रमुख लेखनाथ भट्टराईले बचत , कर्जा , पारिबारिक बजेट , बजेट योजना , डिजिटल बैन्किङ प्रयोग तथा महत्त्व गरि विविध विषयमा प्रष्ट पार्नु भएको थियो ।

गरिमा बिकास बैंक चापाकोट शाखा प्रमुख एवं प्रशिक्षक कृष्ण प्रसाद रेग्मीले बैंक बाट कर्जा लिदा जोखिम तथा कानुनि प्रावधानका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक रेग्मीले देशको विद्यमान आर्थिक संकट, व्यापार , बैंक तथा वित्तीय संस्थाका प्रकार ,नेपाल राष्ट्र बैंकका कार्यहरू र वाणिज्य तथा विकास बैंकका सेवा सुविधा, बैंकिङ कसुरका विषयमा प्रशिक्षण दिनुभएको थियो।

रत्नपुर साना किसान सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु )सहभागिहरुको तर्फबाट कमल पौडेल ,डोलराज न्यौपाने, लगाएतले बैक सङ् रहेका गुनासो एवं आफ्ना समस्याहरु बताउनुभएको थियो ।

रत्नपुर साना किसान सहकारीका अध्यक्ष जीवन डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा शालिकराम आचार्यले स्वागत र कार्यक्रम सन्चालन वडा सचीव शान्ती श्रेष्ठले गर्नुभएको थियो।