भेरी-बबई बहुउद्देश्यीय आयाेजनाकाे प्रगति बारे मुख्यमन्त्री आचार्यकाे चासाे

प्रकाशित मिति:

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाकाे कामलाई गति प्रदान गर्ने बारेमा आयाेजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गर्नु भएको छ ।भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा शुक्रबार छलफल गर्नु भएका मुख्यमन्त्री आचार्यले आयाेजनाकाे कामलाई गति प्रदान गर्न आवश्यक रहेकाे र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराउनु भएको छ ।आयाेजनाकाे काम अलि सुस्ताएकाे छ । कामलाई गति प्रदान गर्नुस । छिटाे काम अघि बढ्छ कि भन्ने थियाे तर, काममा बिलम्ब भयाे´उहाँले भन्नुभयाे रिजल्ट छिटाे दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।

लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने आशा गरिएको बताउनु भयाे । आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उहाँले नदि कटान र विपद जाेखिम न्यूनिकरण गरेर काम गर्न अनुराेध गर्नु भयाे ।स्थानीयहरु संग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ´उहाँले भन्नुभयाे-बस्तिलाइ सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिकाे दुबै किनारमा तटबन्ध गर्नेगरी याेजना अघि बढाउनुस ।´ आयाेजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका-१ चेपाङ बर्दियाका स्थानीय संग भेट गर्नु भएको थियाे ।

अवकाे २ बर्ष भित्र भेरी नदिकाे पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेकाे आयाेजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयाे । बहुउद्देश्यीय आयाेजनाकाे ६५.८ प्रतिशत भाैतिक प्रगति गरेकाे, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यकाे भाैतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्राेमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । हाइड्रोमेकानिकलकाे भाैतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनकाे भाैतिक प्रगति ५ प्रतिशत भएको छ ।भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

१२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८\६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियाे । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते‘ब्रेक थ्रु गरिएको थियाे । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त निर्माणमा बनिरहेको छ ।