मालिका सहकारीको स्थापना दिवसमा रक्तदान

प्रकाशित मिति:

बुटवलको कालिकानगरमा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १७ औं स्थापना दिवसको अवसरमा मंगलबार बुटवलका कालिकानगरमा कार्यक्रमको आयोजना गरी रक्तदान गरिएको संस्थाका सचिव तथा कार्यक्रम संयोजक सुशिल नेपालले जानकारी गराउनु भयो । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा ७५ जनाले रक्तदान गरेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतको महत्व माथि प्रकास पार्नुभएको थियो ।

उहाँले नियमित रुपमा रगत दान गर्ने व्यक्तिको स्वास्थ्यमा पनि राम्रो हुने र रगत दान गरेर अरुको समेत जीवन बताउचन सकिने बताउँदै हरेक तीन महिनामा रक्तदान गर्ने बानी बसाउन आग्रह गर्नुभयो ।त्यस अवसरमा संस्थाका अध्यक्ष कपिल आचार्यले संस्था स्थापना भएको अवसरमा सामाजिक उत्तरदायित्व बहन गरेर रक्तदान कार्यक्रम गरिएको बताउँदै रक्तदान संस्कृतिको विकासका लागि वार्षिक रुपमा कार्यक्रम गरिने बताउनु भयो ।रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकारहरु यज्ञश्वर मरासिनी, चित्रबहादुर बर्मा, ध्रुव नेपाल, पूर्व अध्यक्षहरु लोकराज पोखरेल, सुर्य शर्मा सुवेदी, उपाध्यक्ष विमलराज घिमिरे, सचिव सुशिल नेपाल, कोषाध्यक्ष कमला घिमिरे, सहकारीकी व्यवस्थापक विमला मरासिनी सहित पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।