हिन्दी फिल्म संजुको कमाई ८ सय करोड

प्रकाशित मिति:

संजय दत्तको जीवनीमा आधारित फिल्म संजु ले अहिले भारत लगायतका देशहरुमा धुम मच्चाइरहेको छ । फिल्मले भारतमा मात्र ३ सय करोड भारु कारोवार गरेको भारतीय मिडियाहरुले जनाएकाछन् । संजुको वल्डए वाइड कमाई भने ५ सय करोड भारु पुगेको छ । फिल्म अब चिन लगायतका देशहरुमा सार्वजनिक गर्ने तयारी रहेकोले यसको आम्दानी अझै धेरै बढ्ने अनुमान छ । फिल्म भारतका ४ हजार १ सय हलमा एकै साथ रिलिज भएको थियो भने नेपाल लगायत छिमेकी देशहरुमा समेत प्रर्दशनमा आएको थियो । रणविर कपुरको मुख्य भुमिका रहेको फिल्ममा मनिषा कोइरालाले पनि अभिनय गरेकी छिन् । राज कुमार हिरानीले निर्देशन गरेको फिल्म यसै पनि उत्कृष्ट हुने लहर चलेको बेला संजुले झनै बजार पिटेको सिने बजारमा चर्चा छ ।