प्रकाश न्यौपाने
पुस १५ गते
नवलपरासी । साना किसान कृषि सहकारी सस्था लिमिटेड पन्चनगरले रजत महोत्सव मनाउने भएको छ । २०५७ सालमा स्थापना भएको सहकारीले २५ औं बर्ष पुरा गरेको अवसरमा विविध कार्यक्रम गरि रजत जयन्ती मनाउने सस्थाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
रजत जयन्ती मनाउनका लागि अध्यक्ष मथुरा प्रसाद थारुको सयोजकत्वमा ३२ सदस्यीय समिती बनेको छ । त्यस्तै स्मारिका प्रकाशन उपसमिति सयोजक ऋषिराम सुवेदी, सम्मान तथा अभिनन्दन उपसमिति सयोजक नन्दलाल थारु, शुभकामना तथा विग्यापन उपसमिति पुर्णमान श्रेष्ठ, रजत महोत्सव प्रचारप्रसार तथा समन्वय उपसमिति सयोजक झमन बहादुर आले मगर, स्वागत तथा जलपान उपसमिति गोविन्द प्रसाद पौडेल, मञ्च तथा फुलमाला व्यवस्थापन उपसमिति लक्ष्मीदेबी लामिछाने, आर्थिक व्यवस्थापन उपसमिति खेमनारायण थारु, सास्कृतिक तथा मनोरञ्जन उपसमिति सयोजक बद्रीप्रसाद सुवेदी, स्तम्भ निर्माण उपसमिति सयोजक प्रविन फौजदार बनाइएको सस्थाका अध्यक्ष मथुरा प्रसाद थारुले जानकारी दिनु भयो ।
रजत जयन्तीको अवसरमा पश्चिम नवलपरासीमा रहेका १५ वटा साना किसान कृषि सहकारीहरु बीच पुस १७ गते हाजिरीजवाफ प्रतियोगिता गर्ने सस्थाका व्यवस्थापक पुर्णचन्द्र घिमिरेले जानकारी दिनु भयो । साथै कार्यक्रममा सस्थाको बिकासक्रम र बित्तीय अवस्थाको जानकारी दिदै घिमिरेले सस्था सामाजिक उत्तरदायीत्वमुलक धेरै काम गर्दै आइरहेको समेत उल्लेख गर्नु भयो । पुस १८ गते बिहान रक्तदान, पुस १९ गते अतिरिक्त कार्यक्रम अन्तरगत ५० बर्ष भन्दा माथीका उमेर समुहको दौड प्रतियोगिता, कुर्चि दौड, घैटो फोर र पुस २१ गते रजत स्तम्भ उद्द्घाटन गर्दै रजत महोत्सव सम्पन्न गर्ने सस्थाका सरज जयन्तीका प्रचारप्रसार उपसमिति सयोजक झमन बहादुर आले मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा सस्था स्थापना देखी हालसम्म योगदान गर्ने सम्पुर्णलाइ सम्मान गरिने सस्थाका पुर्व अध्यक्ष एब सम्मान तथा अभिनन्दन उपसमिति सयोजक नन्दलाल थारुले उल्लेख गर्नु भयो ।