बुटवलको मुख्य बजारमा पार्किङ ब्यवस्थापन सुरु – ट्राफक चोक स्थित बुटवल चलचित्र मन्दिरमा पार्किङ स्थल तोकियो
बुटवल ।बुटवलको मुख्य बजार क्षेत्रमा पार्किङ ब्यवस्थापनकाे कार्य सुरु भएको छ ।ट्राफक चाेक स्थित बुटवल चलचित्र मन्दिरमा पार्किङ स्थलकाे रूपमा प्रयोग गर्ने गरी पार्किङ ब्यवस्थापनकाे कार्य सुरु भएको हो ।आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक प्रहरीलाई पार्किङ ब्यवस्थापन सम्बन्धि सामाग्री हस्तान्तरण गरी साे कार्यकाे शुभारम्भ गरेका हुन् ।सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले अमर पथ, विपि चोक लगायतका क्षेत्रमा अव्यवस्थित पार्किङका कारण बजार चलायमान हुन नसकेकोले पार्किङ ब्यवस्थापनकाे काम सुरु गरिएको बताए । समयमै यसलाई हल गर्न नसके बुटवलको बजार अझ खस्कने भएकाले तत्कालका लागि बुटवलको पुरानो फिल्म हललाई पार्किङ स्थलको रूपमा उपयोग गर्नेगरी पार्किङ ब्यवस्थापनकाे काम अगाडि बढाइएको उनलेे जानकारी गराए
‘बुटवलका मुख्य बजार क्षेत्रमा लामो समयदेखि पार्किङको समस्या रहँदै आएको थियो । पार्किङ अव्यवस्थित हुँदा विभिन्न दुर्घटना हुनुका साथै बजार चलायमान हुन अवरोध भएको थियो । यसकारणले कार्यपालिकाबाट निर्णय नै गरेर यो व्यवस्था मिलाइएको हो,’–नगर प्रमुख पाण्डेयले भने । साथै उनले यो व्यवस्थालाई खुकुलो गराउन भनेर कहि पनि नआउन आग्रह गर्दै यसको पालना नगर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिए । यसले बजार गुल्जार हुने र किनमेल गर्नेहरुका लागि सहज वातावरणको निर्माण हुने उनको विश्वास छ । यस्तै बुटवलका अन्य ठाउँमा पनि निश्च्ति पार्किङ क्षेत्र तोक्ने गरी आफुहरु लागेको भन्दै नगर प्रमुख पाण्डेयले छिट्टै अन्य ठाउँमा पनि पार्किङ स्थल ताेकिने बताए ।बुटवल उपमहानगरपालिका वडा ५ का अध्यक्ष तथा पार्किङ्ग व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उपमहानगरपालिकाले तोकेको स्थानमा पार्किङ्ग गरि बुटवललाई सुन्दर बनाउने कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे । उक्त पार्किङ्ग स्थलमा सिसिटिभि जडान लगायत सबै सुरक्षाको जिम्मेवारी उपमहानगरपालिकाले लिने उनले बताए ।साथै उनले १ महिनासम्मका लागि उक्त स्थानमा पार्किङ गर्दा कुनै पनि शुल्क नलाग्ने र एक महिना पछि भने दिनको ५० रुपिँया मात्रै शुल्क लाग्ने बताए । ‘सोमबारदेखि लागु हने गरी १ महिनासम्म कुनै पनि शुल्क लाग्दैन् । १ महिना पछि भने ५० रुपिँया शुल्क लाग्छ । पार्किङ्को शुल्क तिरे पछि एक दिन भित्र जति पटक भित्र बाहिर गर्दा पनि कुनै शुल्क लाग्दै । सोहि शुल्कले नै काम गर्छ,’–अध्यक्ष श्रेष्ठले भने । यसलाई रात्रीकालिन रुपमा समेत पार्किङ्ग गर्न मिल्ने बनाउने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै बुटवल ६ का वडाध्यक्ष लोकनाथ न्यौपानेले जग्गा धनि सन्दिप मास्केसँग १० वर्षसम्म पार्किङ्ग गर्ने गरि सम्झौता भएको बताए । त्यहाँ पार्किङ्ग गर्दा आवश्यक सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्कसँग पार्किङ गर्न सबैमा आग्रह गरे । सुरुमा त्यहाँको सुरक्षाका लागि २ जना गार्डको व्यवस्था गरिएको उनले बताए ।बुटवल ४ का वडाध्यक्ष नरिश्वर शर्मा पाैडेलले धेरै घरधनि र व्यवसायीहरुसँग छलफल र परामर्श गरी आफुहरु उक्त निर्णयमा पुगेको बताए । बुटवलाई अव्यस्थित पार्किङ र तारले कुरुप बनाएको बताउँदै उनलेे आफुहरु तारको व्यवस्थापनमा पनि लागि रहेको बताए ।बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा ट्राफिक ब्यवस्थापन समितिका सदस्य सचिव मुक्ति अधिकारीले पनि बजार चलायमान बनाउन यसले केही न केही भए पनि सहयोग पुराउने विश्वास व्यक्त गरे । उनले व्यवसायीकै हितमा रहेकाले यसलाई अनिर्वाय रुपमा पालना गर्नका लागि पनि सबै व्यवसायीहरु समक्ष अपिल गरे ।यस्तै राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मधु सुदन न्यौपानेले केही दिनका लागि पार्किङ्ग स्थानमा जाँदा असहज लागे जस्तो भएता पनि पछि बिस्तारै सहज हुँदै जाने बताउँदै आफुहरुले यसलाई कडाइसाथ कार्यान्वयन गर्ने बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले बजार सुनसान हुँदै जानुमा व्यवसायीहरु पनि दोषि रहेकाले यसलाई पालना गर्नु व्यवसायहीहरुकै हित हुने बताए ।सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले राजर्माग सुरक्षा तथा व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक मधु सुदन न्यौपानलाई ५ लाख बराबरको ह्वील लंक, वोर्ड लगाएत ट्राफिक साम्रगी हस्तान्तरण गरेका थिए ।यससँगै बुटवलका मुख्य बजार क्षेत्रमा मुख्य समयस्याको रुपमा रहँदै आएको अव्यवस्थित पार्किङको समस्या अबदेखि हट्ने अपेक्षा गरिएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको मुख्य बजार क्षेत्र अमर पथ, विपि चोक, राममन्दिर क्षेत्रमा रहेको पार्किङ समस्यालाई हटाउन कार्यपालिकाबाट निर्णय नै गरी उक्त समस्या हल गर्न लागेको हो ।यस क्षेत्रको पार्किङलाई व्यवस्थित बनाएर बुटवलको बजारलाई गुल्जार बनाउका लागि बुटवल ६ स्थित पुरानो फिल्म हलको खालि जग्गा १० वर्षका लागि भाडामा लिएको छ । जस अनुसार अबदेखि आफ्नै घर अघि तथा व्यवसायीहरुले ती क्षेत्र भित्रमा बजार समयमा ४ पाङ्ग्रे सवारीहरु पार्किङ गर्न पाउने छैन्न् ।
उक्त क्षेत्रका सवारी साधानहरु पुरानो फिल्म हलमा रहेको खाली स्थानमा लगेर राख्नु पर्ने छ भने पार्किङ्ग बाफतको न्यूनतम शुल्क मात्रै लाग्ने छ । यद्यपी बजारमा किनमेल गर्न आउनेहरुका हकमा भने यो व्यवस्था लागु हुने छैन ।उपमहानगरपालिकाले बुटवल उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्था र टोल विकास संस्थाहरूसँग लामो समयदेखि छलफल तथा समन्वय गरी यो नियम लागु गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए । यसका लागि पहिलादेखि नै विभिन्न रुपमा त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरुलाई जानकारी र सचेत गराउँदै आएको बुटवल उपमहानगरपालिकाले आइतबार बुटवलको विपि चोकमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा ट्राफिक ब्यवस्थापन कार्यकाे सुरुवात गरेको हो ।