दिव्यान्सी कार्कीले सामाजिक कार्य गर्दै मनाइन जन्मदिन

प्रकाशित मिति:

बुटवल । हाम्रो समाजमा हामी समाजसेवा गर्ने भनेको परिपक्व उमेर , आर्थिक सम्पन्नता भएपछि गर्नुपर्छ भन्ने धारणा लिन्छौं । तर तेसो होइन समाजसेवा गर्न नत उमेर नत आर्थिक सम्पन्नता चाहिन्छ ।

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै र आफ्नो अभिभावकबाट सिक्दै सानी नानिले मानव सेवा आश्रममा रहनुभएका बुबाआमाहरूलाई दिवा खाजा खुवाएर  आफ्नो जन्मदिन मनाएकी छिन् ।

सानै उमेरमा समाजसेवामा लागेकि दिव्यान्सी कार्की भर्खर ४ बर्ष पुगिन । उनले भविष्यमा पनि निरन्तर रुपमा समाजसेवा गर्दै दिन दुखिको सेवामा अगाडी बढ्ने आशा सहित छोरीको रुचिमा सधैं सङ्गै रहेको जानकारी उनका बुवाले दिए  ।

अहोरात्र सधैँ अरुको सेवामा समर्पित हुन रुचाउने उनका बुवाले  एकदमै खुसी व्यक्त गरेका छन् । सानै उमेरमा नै जन्मदिन आश्रममा गएर मनाउदै गर्दा पछि आउने पुस्तालाई पनि उदाहरणिय हुने छ भन्ने कुरालाइ आत्मसात गर्दै जन्मदिन आश्रममा मनाउने गरेका उनका बुवाले बताए ।