प्रकाश न्यौपाने
पुस १७
नवलपरासी । पन्चनगर साना किसान कृषि सहकारी सस्था लिमिटेडद्रारा रजत जयन्तीको अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हाजिरजवाफमा साना किसान कृषि सहकारी सस्था दाउन्नेदेवी प्रथम भएको छ भने साना किसान कृषि सहकारी सस्था बन्जरीया दोस्रो र कृषि सहकारी संघ जिमिरेभार तेस्रो भएका छन ।
साना किसान कृषि सहकारी सस्था हकुइ, पन्चनगर, बन्जरीया, तिलकपुर, दाउन्ने देवी, सुक्रौली र कृषि सहकारी संघ जिमिरेभार गरी ७ वटा सहकारीहरु सहभागी रहेको पन्चनगर साना किसानका व्यवस्थापक पुर्णचन्द्र घिमिरेले जानकारी दिनु भयो । रजत जयन्तीको अवसरमा सहकारीले जिल्लामा रहेका साना किसान कृषि सहकारी सस्थाहरु बीच हाजिरजवाफ प्रतियोगिता गरिएको हो ।
२०५७ सालमा स्थापना भएको सहकारीले २५ औं बर्ष पुरा गरेको अबसरमा रजत जयन्ती मनाउनका लागि अध्यक्ष मथुरा प्रसाद थारुको सयोजकत्वमा ३२ सदस्यीय मुल समिती बनेको छ भने ९ वटा उपसमिति गठन गरिएको छ। त्यस्तै उपसमितिमा स्मारिका प्रकाशन उपसमिति सयोजक ऋषिराम सुवेदी, सम्मान तथा अभिनन्दन उपसमिति सयोजक नन्दलाल थारु, शुभकामना तथा बिज्ञापन उपसमिति पुर्णमान श्रेष्ठ, रजत महोत्सव प्रचारप्रसार तथा समन्वय उपसमिति सयोजक झमन बहादुर आले मगर, स्वागत तथा जलपान उपसमिति गोविन्द प्रसाद पौडेल, मञ्च तथा फुलमाला व्यवस्थापन उपसमिति लक्ष्मीदेबी लामिछाने, आर्थिक व्यवस्थापन उपसमिति खेमनारायण थारु, सास्कृतिक तथा मनोरञ्जन उपसमिति सयोजक बद्रीप्रसाद सुवेदी, स्तम्भ निर्माण उपसमिति सयोजक प्रविन फौजदार रहनु भएको सस्थाका अध्यक्ष मथुरा प्रसाद थारुले जानकारी दिनु भयो ।
रजत जयन्तीको अवसरमा पुस १८ गते बिहान रक्तदान, पुस १९ गते अतिरिक्त कार्यक्रम अन्तरगत ५० बर्ष भन्दा माथीका उमेर समुहको दौड प्रतियोगिता, कुर्चि दौड, घैटो फोर र पुस २१ गते रजत स्तम्भ उद्द्घाटन गर्दै रजत महोत्सव सम्पन्न गर्ने सस्थाका रजत महोत्सवका प्रचारप्रसार उपसमिति सयोजक झमन बहादुर आले मगरले जानकारी दिनु भयो ।
कार्यक्रममा सस्था स्थापना देखी हालसम्म योगदान गर्ने सम्पुर्णलाइ सम्मान गरिने सस्थाका पुर्व अध्यक्ष एब सम्मान तथा अभिनन्दन उपसमिति सयोजक नन्दलाल थारुले उल्लेख गर्नु भयो ।