रणवीर आलियाको यस्तो लुक्स

१८ पुष २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
30 Shares


पुष १८ काठमाडौँ
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘गल्ली ब्वाई’ को फर्स्टलुक पोस्टर बाहिर आएको छ । पोस्टरमा उनीहरु साधारण लुक्समा देखिएका छन् । फिल्मको कहानी मुम्बईको स्ट्रिट र्‍यापर्सको वरिपरि घुम्छ ।
फिल्ममा रणवीर स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिनेछन् । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् । यस फिल्मको निर्मातामा फरहान अख्तर र रितेश सिद्धवानी छन् । यो फिल्मको छायांकन गएको वर्षको जनवरीमा सुरु भएर अप्रिलमा सकिएको थियो ।

आलिया र रणवीरको जोडी पहिलो पटक साथ देखिन लागेका हुन् । यसअघि यी दुईले एक एडमा सँगै काम गरेका थिए । हाल रणवीरको ‘सिम्बा’ ले बक्सअफिसमा जबरजस्त कलेक्सन गरिसकेको छ भने गत वर्ष २०१८ मा आलियाको ‘राजी’ प्रदर्शनमा आएको थियो ।
‘गल्ली ब्वाई’ यस वर्षको भ्यालेनटाइनमा रिलिज हुँदैछ । यो फिल्मपछि रणवीर धर्मा प्रोडक्शनको फिल्म ‘तख्त’ मा पनि आलियासँग काम गर्दैछन् । करीना कपूर खान, भूमि पेडनेकर, जाह्नवी कपूरलगायत पनि फिल्ममा रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बन्दबन्दीको समयमा ईट्टा उद्योगका मजदुरहरुलाई खाद्यान्न वितरण
  • कपिलबस्तुमा प्रदेश सांसद द्वारा भक्तजन प्रतिक्षलयको शिलन्यास !
  • शिव माविले पुर्यायो विद्यार्थीका घरआँगनमै पुस्तक
  • सिसहनियाँ उद्योग बाणिज्य संघको सरकारको पछिल्लो निर्णयले ध्यानाकर्षण
  • राजनिती छबी बनाउन राहत बितरण गरेको छैन: अभियान्ता चौधरी
  • समाजबादी सरकारको शैक्षिक व्यापारिकरण
  • नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाद्धारा रक्तदान सम्पन्न
  • कालिगण्डकी गाउँपालिकामा १८ वर्षिय पुरुष कोरोना संक्रमित
  • रूकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड
  • गाउँ फर्केका युवालाई लघुवित्त बैंकबाट पूँजी दिलाउन सुझाव