प्रकाश न्यौपाने
पुस १८ गते
नवलपरासी । कृषि पेसालाई राज्यले उपेक्षित गर्दा किसानहरु पिडै पिडामा हुनु परेको किसानहरुले गुनासो गरेका छन । बर्दघाट उद्योग बाणिज्य संघको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आठौं बर्दघाट महोत्सवमा आयोजना गरिएको बर्दघाट नगर भित्रका कृषकका समस्या र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्र्दै नगरका किसानहरु मल, दुधको रकम नपाएको, गुणस्तर हिन घास नपाएको जस्ता पिडाहरु रहेको गुनासो गरेका हुन ।किसानहरुले कृषि पेशाका समस्याहरु समाधानका लागि स्थानिय, प्रदेश र संघ सरकारले उपेक्षित गरेको बताएका हुन् ।
आचार्य पशुपंक्षि फर्मका सञ्चालक पदमपाणि आचार्यले दुधको विक्री पश्चात पनि रकम भुक्तानी नपाएको कारणले पशुपालनबाट किसानहरु पलाएन हुने अवस्था आएको उल्लेख गर्नुभयो । उहाँले स्थानिय सरकारले किसानलाई केन्द्रमा राखि नीति ल्याऊन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “ दुध उत्पादक किसानलाई दिदै आएको अनुदान किन काटेको? एउटा पशु पाल्ने र २० वटा पशु पाल्ने किसानलाई एउटै व्यवहार गर्ने र नगरले दुधको भुक्तानीमा कुनै पनि पहल किन नगरेको?”
त्यस्तै सृजना कृषि फार्मका सञ्चालक कृष्ण प्रसाद चापागाइ, सापकोटा कृषि एण्ड पशु फर्मका सञ्चालक झविन्द्र सापकोटा र नमूना एकिकृत कृषिफर्मका सञ्चालक नमुना घिमिरेले नगरले वितरण बर्शिम घाँसको विऊ खराब परेकाले घाँस उत्पादन नहुँदा गाई भैसिलाई के खुवाऊने हो भन्ने चिन्ताले सताएको पिडा पोख्नुभयो । नगरले दिएको विऊ राम्रो हुन्छ भन्दै ल्याएर खेतमा लगायौ । अहिले मुला जस्तो घाँस उम्रियो । जुन बर्शिम पनि होईन। त्यसपछि बजारबाट बर्शिम किनेर ल्याएको पनि उक्त झारले उम्रिन दिएन। खेतभरी त्यहि झार छ । हाँमीले पशुलाई के खुवाऊने ? यस्को क्षतिपूर्ति हामिलाई कस्ले दिने? प्रश्न गर्दै भन्नुभयो । सोझा किसानलाई सबैलाई ठग्ने रहेछन ।
हमाल पशुफर्मका सञ्चालक लक्ष्मण जंग हमाल, ढुङ्गाना फर्मका सञ्चाल खेम नारायण ढुङ्गाना र भट्टराई कृषि फर्मका सञ्चालक भवानी शंकर भट्टराईले कुनै पनि सरकार संग कृषकको प्रष्ट तथ्यांक नभएको गुनासो गर्नुभयो । स्थानिय प्रदेश र संघ सरकारले हचुवाको भरमा कार्यक्रम ल्याऊने, अनुदानका सामाग्रिहरु वितरण गर्ने र त्यसको प्रतिफल नर्हेर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानि सरह भएको धारणा राख्नुभयो ।
न्यौपाने कृर्षि फर्मका सञ्चालक तेजलाल न्यौपाने र कृषक सञ्जालका नगर अध्यक्ष देवि प्रसाद बस्यालले नगरले कृषकका समस्या सुन्ने तर समाधान तर्फ कहिल्यै ध्यान नदिने गरेको बताउनुभयो । नगरमा छलफल गर्न बोलाऊने, छलफल गर्ने, छलफलमा विऊ वितरण, मल, छाडा चौपाया लगायतका विषयहरु धेरै पटक उठान भए तर अहिले सम्म पनि समस्या ज्यूकात्यू छन । कति गुनासो गर्ने ? कसलाई र किन गर्ने? किसानका समस्या कस्ले सुन्ने ? कार्यक्रममा रहञ्जेल सुन्ने अनि उडाऊने । यस्तै गरेको बर्षौ भयो ।
दाऊन्ने मिश्रीत तरकारी बालीका अध्यक्ष सावित्री तिवारी, कृषक चन बहादुर गाहाले सरकारले किसानलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरिरहेको बताऊनुभयो । नगरले पकेट क्षेत्र घोषणा गर्यो तर विऊ माग्दा छैन । मल छैन । सिँचाई छैन । मोटर छैन । केवल कृषकलाई भुलाऊने कृषिका कुरा मात्रै छन । जेन्द्र सुनार, सुवास जिसी, बलराम भण्डारी, नारायणदत्त घिमिरे, गिरिराज गिरी लगायतले बोल्दै कृषि क्षेत्र पालिकाको प्राथमिकतामा नपेरेको बताऊनुभयो । सबैलाई पाल्ने कृषकले हो। कृषक नै उत्पादन गर्ने सवालमा सबै सरोकारवाला मौन छन । कृषि क्षेत्रमा लाग्ने युवा खै? प्रश्न गर्दैैै भन्नुभयो, “कृषि लाई सम्मानित पेशा बनाई कृषक उत्पादनमा लाग्नुपर्छ । होईन भने नेपालीले विदेश गएर कृषि गर्ने तर स्वदेशमा कृषि नगर्ने परिस्थितिले प्रशय पाऊनेछ ।”
नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जिसि, नेकपा एमालेका नगर सचिब चोलाकान्त भट्टराई, राष्ट्रिय प्रजाटन्त पार्टीका अध्यक्ष प्रकाश रायमाझी लगायतले बोल्दै नगरले कृषि निति ल्याउनु पर्ने मा जोड दिनु भयो । कृषकहरुको वर्गीकरण, तथ्यांक संकलन र उत्पादनका आधारमा अनुदान र अनुदान दिएको सामाग्रीहरुको अनुगमनमा जोड दिनु भयो । नगरले पकेट क्षेत्र घोषणा मात्रै गर्ने तर बीउ बिजन, प्राबिधिक सरसल्लाह र सहयोग नगर्ने गर्दा किसानहरु पिडामा परेको उहाहरुको भनाइ छ ।
बर्दघाट नगरपालिका वडा नं. ५ कि वडाअध्यक्ष विमला गुरुङ्ग, वडा नं.७ का वडाअध्यक्ष धु्रव थारु, वडा नं.८का वडाअध्यक्ष कविराज आचार्य र नगरउपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रयत्नशिल रहेको बताऊनुभयो । नगरमा बजारी करणको केहि समस्या रहेको उल्लेख गर्दै बन्द भएको कृषि उपजकेन्द्र कानुनी रुपमा मिलाई सञ्चालनको तयारीमा रहेको उल्लेख गर्नुभयो । उपप्रमुख रुद्रप्रकाश उपाध्यायले घाँसको विऊ वितरणमा गल्ती भएको स्विकार गर्दैै टेण्डरको आधारमा कम मुल्यलाई स्विकृत गर्नुपर्ने, कम मुल्य राख्नेले नक्कली विऊ दिएकोले किसानहरु मर्कामा परेको बताऊनुभयो ।
बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धीरज शर्मा बस्यालले बर्दघाटमा बजारीकरणको समस्या रहेको बताऊनुभयो । उहाँले कृषकद्वारा उत्पादित बस्तुहरुको संकलन केन्द्र स्थापन गरि पालिकाहरुको समन्वयमा बजारीकरण गर्न सकिने धारणा राख्नुभयो । कृषक सम्मान र कृषकको आयमा बृद्धि गराऊन सके कृषि पेशामा आर्कषण ल्याऊन सकिने बस्यालको भनाई छ ।
बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत उद्योग बाणिज्य सङ्गका वरिष्ठ उपाध्यक्ष एब कार्यक्रमका संयोजक तारा प्रसाद गौतम गर्नु भएको थियो । संघका सदस्य एब कृषि उपसमितिका सयोजक देबीदत्त सापकोटाले कार्यक्रम माथी प्रकाश पार्दै कृषिमा रहेका समस्यहरुको समाधान गर्दै चुनौतीलाई अवसरमा परिणाम गर्न सके धेरै सम्भावना रहेको क्षेत्र कृषि भएको उल्लेख गर्नु भयो । प्रकाश न्यौपाने र प्रमोद अर्याल टिप्पणीको रुपमा रहनु भएको कार्यक्रमको सञ्चालन बर्दघाट प्रेस कल्वका अध्यक्ष कुस्माकर ढकालले गर्नु भएको थियो ।