प्रकाश न्यौपाने
पुस १८ गते
नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा दिब्यशान्ती युवा क्लवको आयोजनामा तेश्रो वडाध्यक्ष कप फूटवल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको दिब्यनगर खेल मैदानमा यहि पुस २० गतेबाट खेल सँचालन भइ माघ ९ गते समापन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
बर्दघाट नगरपालिका भित्रका खेलाडी मात्र सहभागी हुने प्रतियोगितामा प्रती टिम दर्ताका लागी ४ हजार ५ सय लाग्ने खेलमा नगरका १६ वटा वडाका १८ टिमको सहभागिता रहने खेल सँयोजक रेशम शाहीले जानकारी दिनु भयो । बर्दघाट नगरपालिका वडा नम्बर ४ को विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्फि, मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्फि र मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल किपर, उदयिमान खेलाडी, अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लवका अध्यक्ष खेम बहादुर रानाले जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारीले खेलकुदको माध्यमबाट युवाहरुलाई एकजुट बनाउने प्रयास रहेको र दुर्ब्यसनी विरुद्ध समेत सजक हुन मद्दत पुग्ने बताउनु भयो । उहाले यस्ता खाले प्रतियोगिताले नगरभित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गर्न मद्दत पुग्ने र भविष्यमा देशको लागि खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राख्नु भयो । खेललाई प्राथमिकतामा राखेको उल्लेख गर्दै तिवारीले खेलले स्वास्थ र मनोरञ्जनका लागी राम्रो गर्ने बताउनु भयो ।
प्रतियोगिता सँचालन गर्न करिव ५ लाख खर्च लाग्ने वडा बाट २ लाख ५० हजार र बाकी रकम सहयोग गर्ने र बाकी रकमका लागि सहयोग उठाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।