रजत जयन्तीको अवसरमा पन्चनगर साना किसानद्रारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुस १७
नवलपरासी । पन्चनगर साना किसान कृषि सहकारी सस्था लिमिटेडद्रारा रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १५ जनाले रक्तदान गरेको सस्थाका कार्यालय सहायक राम नरेश चौधरीले जनाकारी दिनु भयो ।


कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला नेपाल रेडक्रस सोसाइटी महामन्त्री ऋषिराम सुबेदीले जुनसुकै वेला पनि रगत संकलन नवलपरासीमा रहेका संघ सस्थाहरुले राम्रो सहयोग गर्नु भएको बताउनु भयो । उहाँले बिगतका बर्षहरुमा जस्तै गरि सस्थाले गर्ने विभिन्न समाजिक कार्य अन्तरगत यस बर्ष पनि रक्त संकलनलाई प्राथमिकता दिएकोमा आभार प्रकट गर्दै अन्य संघ सस्थाहरु पनि यसरी नै बार्षिक रुपमा रक्त संकलन कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।


रक्तदान दान जीवन दान, यसैमा छ सबैको योगदान भन्ने मुल नारा सहित रक्तदान गरिएको रक्तदान सस्थाका व्यवस्थापक पुर्णचन्द्र घिमिरेले जानकारी दिनु भयो । रगत कै कारण कोहि कसैलेलाई पनि समस्या नपरोस् भनी पन्चनगर उपशाखाले स्थानीय संघ सस्थाहरु सङ्ग समन्वय गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस सोसाइटी पन्चनगर उपशाखाका सभापति बालकृष्ण लम्सालले बताउनु भयो ।


कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा र पन्चनगर उप शाखा तथा पन्चनगर स्वास्थ्य चौकीबाट उर्मिला चौधरी र जीवन न्यौपानेले प्राबिधिक सहयोग र समन्वयमा रक्तदान सम्पन्न भएको छ ।