चलचित्र चौकादाउ लाई लिएर वर्षा निकै उत्साहित

प्रकाशित मिति:

पुष १८ /सबलपोस्ट ,काठमाडौँ

स्टारकास्टका कारण घोषणाको बेलादेखि नै चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी।।।’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचार(प्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ ।
मंगलबार निर्देशकसहित फिल्मका लिड कलाकारहरु ३ नम्बर प्रदेशको राजधानी हेटौंडा पुगेका छन् । त्यहाँ पत्रकारसँग साक्षात्कार गर्दै निर्देशक पुर्णेन्द्रु झाले फिल्मले कमेडी कथा उठान गरेको बताए । फिल्मले उठान गरेका विषयवस्तु यथार्थपरक उनी बताउँछन् । निर्देशक झा भन्छन्, नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यरसको चास्नीमा घोलेर देखाउन खोजेका छौं । दर्शकले फिल्म हेरिरहँदा भरपूर मनोरञ्जन लिन्छन् ।ु उनले यसअघि पोलिटिकल(क्राइम जानराको फिल्म ुसंरक्षणु निर्देशन गरेका थिए ।

रिलिजको पूर्वसन्ध्यामा प्रचारमा देखिएकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ ले समाजमा हास्यव्यंग्यको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको बताइन् । चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा आफू रहेको उनी बताउँछिन् । यसमा उनी उर्वशीको भूमिकामा छिन् ।

अन्जानमा गरिने गल्तीले भविष्यमा आउने समस्यासँग गर्नुपर्ने सामना देखाइएको छ । फिल्म निकै रमाइलो बनेको छ । मनोरञ्जनसँगै फिल्मले पाठ पनि सिकाउँछ भन्ने लाग्छु, उनी सुनिइन् । उनले सिनियर आर्टिस्टहरूसँग काम गर्न पाउँदा निकै खुशी लागेको पनि बताइन् ।
दशक अगाडि टेलिभिजनमा प्रशारण हुने ‘हिजो आजका कुरा’ का चर्चित हास्यकलाकार सन्तोष पन्त यस फिल्ममा लिड रोलमा छन् । कलाकार पन्तले धेरैपछि आफूले सोचेको जस्तो फिल्ममा अभिनय गर्न पाएको बताए । यस फिल्ममा तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झालगायतका कलाकारको पनि अभिनय छ ।